सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट स्वदेश फर्किएका ९७ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका २३ जनामा एन्टिजेन पोजेटिभ

धनगढी : सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट स्वदेश फर्किएका ९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १७८ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सबैभन्दा बढी गौरीफन्टा नाका भएर फर्किएका व्यक्तिहरुमा संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार गोरीफन्टा नाकामा ३६४ जनामा एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा ७८८ जनामा एन्टिजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज सुदूरपश्चिमका पाँच वटा नाका हुँदै एक हजार ३४५ जना नेपाल फर्किएका छन् ।  भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार