मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

मृत्यु
प्रतिकारात्मक तस्बिर

धनगढी :  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको भजनी नगरपालिका-३ हुलाकी राजमार्गअन्तर्गत बेलाबोजी भन्ने ठाउँमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उनको उपचारको क्रममा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार