एमसीसी विरुद्ध धनगढीमा पनि प्रदर्शन !

एमसीसी विरुद्ध धनगढीमा पनि प्रदर्शन

धनगढी : एमसीसीविरुद्ध धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनको आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा धनगढीमा पनि प्रदर्शन भएको हो ।

धनगढीको मुख्य सडकमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिले पनि एमसीसी देशको हितमा नभएकाले फिर्ता पठाइनुपर्ने बताएका छन् । यस्तै आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्र‍ी शेरबहादुर देउवाले आग्रह गरेपछि भोलि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको हो । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची थियो ।

गठबन्धन आवद्ध दलहरूबीच नै एमसीसीबारे एकमत छैन । गत आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी प्रस्तुत गरिएको थियो । बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार