कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा सवार एक जनाको मृत्यु, २ जना सामान्य घाईते

मोटरसाइकल दुर्घटना

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे जिल्लाको घोडाघोडी नगरपालिका-१० स्थित सशस्त्र प्रहरी ब्यारेक नजिक सुपप्र ०१ ०१० प ४२८७ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ का २७ वर्षीय हरिशरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकलमा तीन जना सवार रहेको बताइएको छ।

त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ कै २२ वर्षीय दिपेन्द्र चौधरी सामान्य घाइते भएका र चालक सोही ठाउँका ३० वर्षीय किसन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार