सुदूरपश्चिम प्रदेश सरकार पुनरगठन, नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी

सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस पनि सहभागी, नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीद्वारा शप थग्रहण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी भएको छ । भने शुक्रवार साँझ नव नियुक्त ३ मन्त्री र ३ जना राज्यमन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

अहिले प्रदेश सरकारमा सहभागी सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहरा सामाजिक विकास मन्त्री र आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल लाई प्रदेश प्रमुख जोशीले शपथ ग्रहण गराएका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री, एकीकृत समाजवादीका कुलवीर चौधरी र समाजवादीकै अमर साउद लाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ ग्रहण गराएका छन् ।

यस अघि एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई हटाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार