सोमबार अत्तरिया चोकमा स्वर्गीय राजा महेन्द्रको सालीक राखिने, तयारी पुरा

कैलालीको अत्तरिया

धनगढी : कैलालीको अत्तरिया चोकमा सोमबार स्वर्गीय राजा महेन्द्रको सालिक राखिने भएको छ । साढे ६ फिट अग्लो सालिक पुनः निर्माण समिति गोदावरी अत्तरियाले स्थानीयको पहलमा सालिक राख्ने भएको हो ।

२०६२/६३ को जनआन्दोलनका क्रममा सालिक भत्किएको थियो । सुदूरपश्चिमकै मुख्य चोक अत्तरिया विगत १६ वर्ष देखी बन्दै गएको र इतिहास नै ओझेलमा परेको भन्दै समितिले सालिक राखिने पहिले नै घोषणा गरिसकेको थियो ।

सालिक निर्माणको लागी स्थानीय विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेको समितिका अध्यक्ष हरि दत्त भट्टराईले बताए । सबै तयारी पुरा भएको र सालिक सहित बिहान अत्तरिया बजार परिक्रमा गरेर चोकमा राखिने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार