धनगढीमा १०३ वर्षका वृद्ध दाहालद्वारा मतदान

धनगढीमा १०३ वर्षका वृद्ध दाहालद्वारा मतदान

धनगढी : स्थानीय तह निर्वाचन २०७९ अन्तरगत धनगढीका १०३ वर्षका वृद्धले मतदान गरेका छन् । उप-महानगरको वडा नं. ५ जाई दाहाल टोलका जनक लाल दाहालले १०३ वर्षको उमेरमा शुक्रवार मतदान गरेका हुन् ।

दाहालले धनगढी ५ पञ्चोदय मा.वि.मा रहेको मतदान केन्द्रबाट बिहान ०९ः३० बजेको समयमा मतदान गरेका हुन् । उनाइ मतदान गर्न उनका छोरा गणेश प्रसाद दाहालले सहयोग गरेका थिए ।

हिँडडुल गर्न पनि गाह्रो अवस्थामा रहेका १०३ वर्षीय दाहालले मतदान पश्चात् प्रतिक्रिया दिँदै भने, ”एकदमै खुसी भएर आए, आँखा, कान समेत सुन्न गाह्रो हुन्छ । आफू जीवनको उत्तरार्धमा भए पनि आउने सन्तानलाई राम्रो होला (सुबिस्ता) अर्थात् सुविधा होला भन्ने उद्देश्यले मतदान गर्न आएको हुँ ।” उनले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार