धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता

धनगढी उप-महानगरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन्। २१ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड गरेकी छिन्।

सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२  बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो।

मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ।

चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार