धनगढीका स्वतन्त्र उम्मेदवार हमाल २२० मतले अगाडी, काँग्रेसका वडा अध्यक्षको अग्रता

धनगढी उप-महानगरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने

धनगढी : धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६१८ मत पाएका छन् ।

१३५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३९८ मत ल्याएका छन्।

यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले ५३ मत प्राप्त गरेका छन् । यस्तै छाताले ९ र ढकियाले ३ मत ल्याएका छन् ।

धनगढी उपमहानगरमा हालसम्म  सय भन्दाबढी मत बदर भएका छन् ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।

जसमा वडाध्यक्ष पदका एमालेका उम्मेदवारले १५४, काँग्रेसकाले ३४७ र माओवादी केन्द्रकाले १९४ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार