सर्पदंशको समस्यालाई मध्यनजर गर्दै आफ्नो गाडी निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पाण्डेको घोषणा

धनगढी १४ मा एम्बुलेन्स नहुँदा समस्या

कृष्ण पाण्डे स्थानीय तह २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं १४ को वडा अध्यक्ष पदका उम्मेदवार रहेका थिए ।

धनगढी : धनगढी १४ फूलबारीका कृष्ण पाण्डेले आफ्नो गाडी निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । धनगढी उप-महानगरपालिका वडा नं. १४ मा एम्बुलेन्स नभएको जेठ यता तराई क्षेत्रमा सर्प दंशका घटना बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै पाण्डेले सो घोषणा गरेका हुन् ।

पाण्डेले जेठ देखी तराईमा धेरै विषालु सर्पहरू देखा पर्ने र सर्पले टोकेमा सबै भन्दा उत्तम उपाय भनेको यथा शीघ्र अस्पताल पुर्‍याउनु भएकोले आफ्नो गाडी बर्खाको समयमा निःशुल्क एम्बुलेन्सको रूपमा सञ्चालन गर्ने बताएका छन् ।

उनले उक्त जानकारी आफ्नो फेसबुक मार्फत आम ओडावासीका सम्बोधन गर्दै लेखेका छन्, “जेठ देखी तराईमा धेरै विषालु सर्पहरू देखा पर्छन्, सर्पले टोकेमा सबै भन्दा उत्तम उपाय भनेको यथा शीघ्र अस्पताल पुर्‍याउनु नै हुन्छ धनगढी उपमहानगरपालिका १४ को हकमा हामी सँग अपने एम्बुलेन्स छैन । त्यसैले समयमै अस्पताल पुर्‍याउन नपाउँदा मानवीय क्षतिको सम्भावना बडी हुन्छ । त्यसैले मैले मेरो प्राइभेट गाडी निःशुल्क अस्पताल सम्म पुर्‍याउनमा उपलब्ध गराउने प्रतिबद्धता गर्दछु। भगवान् सँग प्रार्थना गर्दछु यस्तो भवितव्य कसैको घरमा नपरोस् कथम् कदाचित यस्तो भैपरि आएमा मलाई ०९१ ५०५०४४ र ९८६८४४४१५५ मा कनट्याक्ट गर्नु होला म निःशुल्क अस्पतालमा सम्म पुर्‍याउने व्यवस्था गर्नेछु । धन्यवाद।”

कृष्ण पाण्डे स्थानीय तह २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं १४ को वडा अध्यक्ष पदका उम्मेदवार रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार