कञ्चनपुरमा सिमा क्षेत्रका लालपुर्जा भएका नेपाली नागरिकले जमिन जोत्न पाउने

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकले लालपुर्जा भएको जमिन जोत्न पाउने भएका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सो क्षेत्रमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको हो।

शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको बताइएको छ। दुवै देशका सर्भे टोलीले अनुगमन नर्गदासम्मका लागि उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए।

छलफलमा सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागी थियो। बुधबार ट्र्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद उत्पन्न भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार