पत्रकार विष्टलाई नगरसभा बैठकबाट निकालेको प्रति सम्बद्ध संस्थाहरुद्धारा निन्दा 

पत्रकारलाई पाखुरा समातेर निकालेको प्रति महासंघ र सम्बद्ध संस्थाहरुद्धारा आपत्ति

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो नगर सभा बैठकमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई ज्यादती पूर्ण ढङ्गबाट निकालेको छ ।

आठौँ नगर सभाको चौथो बैठकमा समाचार संकलन गर्न पुगेका अनलाइन खबरका पत्रकार जनक बिस्टलाई बाहिर उपमहानगरपालिकाका कर्मचारीले पाखुरा समातेर बाहिर निकालेका हुन् ।

‘नगर सभा बैठकमा समाचार संकलन गर्न पुगेको थिए , एक कर्मचारीले पाखुरा समातेर बाहिर लिएर आउनु भयो र यहाँ आज पत्रकारलाई निषेध छ भन्नुभयो ’विष्टले बाट पत्रकारलाई निकालिएको भन्दै विभिन्न संघ संस्थाहरूले भर्त्सना गरेका छन् । पत्रकार महासंघ कैलालीले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिनको माग गरेको छ ।

अध्यक्ष हिमाल जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको छानबिनको माग पनि गरेको छ ।

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी र कैलालीले पनि पत्रकारमाथि भएको अपमानपूर्ण व्यवहारको भर्त्सना गरेको छ ।

विष्ट प्रेस चौतारी कैलालीका सचिव पनि हुन् । प्रदेश महासचिव शिवराज भट्ट र कैलाली अध्यक्ष भानुभक्त आचार्यले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग पनि गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार