‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिइन् मेनुका पौडेल  

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौँ : मेनुका पौडेल  ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  भारतीय टेलिभिजन रियालिटी शो  ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार