आमाको प्रेरणाबाट आयुर्वेद चिकित्सा रोजेका डा. लक्ष्मण, जब उपचारमा अभ्यस्त हुँदै गए !

आमाको प्रेरणाबाट आयुर्वेद चिकित्सा रोजेका डा. लक्ष्मण, जब उपचारमा अभ्यस्त हुँदै गए !

हरेक समाजले आफ्नो आदर्श (आइडल) पेसा, व्यवसाय र पदहरूको मनोविज्ञान निर्माण गरेको हुन्छ । त्यस्तो आदर्श मनोविज्ञान ठाउँ, समाज, परिवेश र समय अनुसार फरक–फरक हुन्छ । नेपालमा चाहिँ आजको दिनसम्म बनाएको बढी जसो आदर्श पेसागत मानक भनेको डाक्टर–इन्जिनियर पाइलट देख्न सुन्न मिल्छ । त्यही परी दृश्यबाट आज डाक्टर पेसा रोजेका, लक्ष्मण पौडेल पारिवारिक मेडिकल माहौलमा हुर्केका र सानो छँदा अङ्क गणितमा पनि अब्बल थिए । अझ त्यो बेला इन्जिनियर बन्ने हुटहुटी राखे पनी पछि स्कुलिङ सकिसकेपछि आमाको प्रेरणाले परापूर्व कालदेखि चल्दै आएको आयुर्वेद चिकित्सा रोज्न पुगे ।

हाल चिकित्सक पौडेल पूर्णायु आयुर्वेद हस्पिटलमा कार्यरत छन् । दैनिक ५० देखि ७० जना सम्म बिरामी हेर्दै आएका लक्ष्मण, २३ वर्षीय चिकित्सकीय पेसाको सिलसिलामा नेपालका दुर्गम देखि सुगम जिल्लाका ६५ भन्दा धेरै जिल्लाको अनुभव उनले बटुलिसकेका छन्। उनले साेही आफ्नाे चिकित्सकीय पेसाका बारे अनुभव सोधपत्र डटकम सँग सेयर गरेका छन् ।

  • आयुर्वेदको रस

एस.एल.सी पछि आयुर्वेद विषय अध्ययन गर्ने इच्छा भयो उनलाई । त्यसैले यो विषयको अध्ययनको लागि उनले वि.सं २०५६ मा डिप्लोमा इन आयुर्बेदा चिकित्सा पढे र केही समय काम गरे । त्यसपछि उनलाई लाग्यो कि डिप्लोमा अध्ययनले पुग्दैन, पौडेलले संस्कृत विश्वविद्यालयबाट आयुर्वेद मा स्नातक तहको आयुर्वेद विषयको बीए.एम.एस अध्ययनका लागि भर्ना भए । अध्ययन थालेपछि आर्युवेद चिकित्सा क्षेत्रमा केही योगदान दिनुपर्छ भन्ने ईच्छा जाग्यो ।

  • डा. लक्ष्मणको उपचार अनुभव : एकै पटकको आयुर्वेदिक औषधिले किड्नी रोग ठिक भएपछि

थला परेकी सिन्धुपाल्चोक जिल्लाकी ५७ वर्षीय सरु आमाको किड्नी रोग आयुर्वेदिक औषधिले निको भयो । बिरामी लाई १५ दिन पछि फलो अपमा बोलाइएको थिए तर बिरामी नआएर उहाँको श्रीमान् आएर, ‘डा साहेब तपाईँले दिनु भएको औषधिले मेरो श्रीमती निको भई रहेको छ । दैनिक काम गर्न सहज भएको छ, अहिले गाई बाख्रा हेर्न जाने समेत हुनु भएको छ मलाई त्यही औषधि फेरी दिनुहोस् न’ भनेर आउनु भयो। उहाँको त्यो खुसी देख्दा साँच्चिकै यो पेसा अँगालेकोमा गर्वको महसुस भयो ।

  • अर्को अनुभव :

डाक्टर पौडेल आयुर्वेद चिकित्सा अभ्यासको सिलसिलामा बीए.एम.एस अध्ययन सकेर आयुर्वेद चिकित्सकको रूपमा बाजुरा पुगेका थिए। एक जना करिब २७ वर्षका पुरुष बाजुरा जिल्लामा पुग्दा क्याम्पको सिलसिलामा भेट भएको थियो ।

उनलाई लाई पेट दुख्ने, खान रुचि नहुने, वाकवाकी आउने पेट ढाडिने, खाना नपच्ने जस्ता समस्या थिए। अस्वस्थताका कारण उनलाई निक्कै कठिन भएको रहेछ।

डा. पौडेलले लक्षण र शारीरिक परीक्षणको आधारमा उनमा अम्लपित्तको समस्या भएको थाहा पाए। ग्यास्ट्रिकको समस्यालाई आयुर्वेदिक चिकित्सकीय भाषामा अम्लपित्त भनिन्छ। डा. लक्ष्मणले अम्लपित्तको समस्या ठिक गर्ने अविपत्तिकर चूर्ण, शंख भष्म, कामदुधा रस लगायत विभिन्न भष्म मिसाएर उनले औषधि दिए। केही दिनपछि उनले फलोअपका लागि बोलाए।

केही दिन औषधि सेवन गरेपछि ती बिरामीको अम्लपित्तको समस्या त चैट भएछ। समस्या ठिक भएपछि फलोअपमा आउँदा ती व्यक्ति डा.पौडेल सँग निक्कै कृतज्ञ भएका थिए। अहिले पनि उनले बेला–बेलामा फोन गर्ने गरेको डा. पौडेलले सुनाए।

  • मलद्वारबाट रगत निस्किएका ३५ वर्षीय बिरामीको उपचार गर्दा :

करिब ३५ वर्षका ती बिरामीलाई पाचनसम्बन्धी समस्याका कारण मलद्वारबाट रक्तस्राव हुने समस्या थियो। उनको मलद्वारमा घाउ नै भइसकेको थियो। आयुर्वेदिक चिकित्सकीय भाषामा गुद्वविकार सम्बन्धी समस्या भन्ने यसलाई आधुनिक चिकित्सकीय विधामा पायल्स भनिन्छ। समस्या पहिचान गरेपछि डा. पौडेल ले आयुर्वेदको छार कर्म उपचार विधि अपनाए। औषधि दिए। नभन्दै केही दिनको औषधि उपचारपछि ती पुरुषको पायल्सको समस्या ठिक भयो।

उपचारका लागि विभिन्न अस्पताल धाएका उनी केही उपाय नलागेपछि निराश भएर डा.पौडेल सँग उपचार गर्न पूर्णायु गएका थिए। समस्याको बारेमा बुझेपछि डा. पौडेलले उनलाई आयुर्वेदिक औषधि प्रयोग गर्न सुझाए।

समस्या ठिक भएपछि डा. पौडेल सँग ती बिरामी निक्कै कृतज्ञ भए फेरी भेट्न आउँदा गिफ्ट पनि लिएर आउनु भएको रहेछ ।

  • डा पौडेल भन्छन् :

प्राकृतिक आहार, विहार, आचार र औषधि विधि अपनाउँदा आयुर्वेद चिकित्सा हानी रहित छ। औषधि सेवन, स्नेहन : (शरीरमा तेल लगाउने विधि), स्वेदन (शरीरको सेकाई गर्ने विधि), पञ्चकर्म, क्षार सूत्र, अग्नि कर्म, जलौका प्रयोग, दिनचर्या र ऋतु चर्या पालन गर्नु, स्वास्थ्य रक्षाका लागि गर्न हुने र नहुने विधि (सद्वृत) पालन गर्नु, आचार रसायन, योग, ध्यान अन्तर्गतका विधि पालन गर्नु आयुर्वेद चिकित्सा विज्ञानका मूलभूत प्रचलित चिकित्सा विधिहरूमा पर्दछन्।

त्यसो त चाहे आयुर्वेद होस् वा आधुनिक चिकित्सा विज्ञान नै किन नहोस्, बिरामीको शतप्रतिशत उपचार सम्भव छैन। कतिपय यस्तो रोग हुन्छन्, जुन आयुर्वेद चिकित्सकले ठिक नहुन सक्छन् र आधुनिक चिकित्सा उपचार विधिका लागि रिफर गर्नुपर्ने हुन्छ। त्यस्तो मा रिफर गर्ने अभ्यास गरिरहेको डा. पौडेलको भनाई छ ।

उनी भन्छन् , ‘समग्र रूपमा जीवन विज्ञान नै आयुर्वेद हो, खानपान तथा व्यायाम जस्ता जीवनशैली सन्तुलित र व्यवस्थित जीवनशैली अपनाउनु उत्तम हुन्छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार