गायिका हेमान्ता भट्टराईको “आमा” बजारमा ( भिडियाे सहित)

गायिका तथा कार्यक्रम प्रस्तोता हेमन्ता भट्टराईले “आमा” गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। आफ्नो जन्मदिनको अवसरमा कोसेली स्वरूप बजारमा ल्याएकी छिन् । आफ्नै शब्द संगीत र स्वरमा रहेको सो गीत हेमन्ता भट्टराई युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

आमा भन्ने शब्द महान र सम्मान शब्द हो त्यसैले दुःख पर्दा आमालाई सम्झिने गरेको हुँदा आमा आमा गीत सार्वजनिक गरेको बताइन्।“आमा” गीतले माता र उहाँको छोराछोरीको बीचको अनन्त जोडीलाई जोड्दै गर्दछ, यसले आत्मीय गतिमात्र र शारीरिक मेलमिलापलाई आनन्दित बनाउँछ। आमा, जसले हाम्रो जीवनलाई अनन्त तापमा गर्दछ, हाम्रा आँसुहरूमा हामीलाई आगोमा लगाउँछ, गायिका भट्टराईले बताइन्।

सो गीतमा स्वयम् आफैले अभिनय गरेकी छिन्।उक्त गीतलाई हेरेर सल्लाह सुझाब सहित लाइक कमेन्ट सेयर अनि सस्क्राइब पनि गरिदिनु हुन गायिका भट्टराईले आग्रह गरेकी छिन्।

विशेष डिजिटल स्टुडियो काठमाडौँबाट रेकर्डिङ गराइएको गीत गीतलाई सिनेमाटोग्राफर उमेश बहादुर शाहले गरेका हुन्।निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

गायिका भट्टराई लामो समय देखि सञ्चारकर्म र गीत संगीतको क्षेत्रमा सक्रिय छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार