‘ग्यास्ट्रिक निखार चूर्ण’ गुणस्तर हीन, उपयोग नगर्न डिडिएको आग्रह

क्षयरोग दिवस

काठमाडौं– औषधि व्यवस्था विभाग (डिडिए)ले अम्लपित्त, कब्जियत, अरुचिको आयुर्वेदिक औषधि, ‘ग्यास्ट्रिक निखार चूर्ण’ को ब्याच नम्बर सी–०७९३६ लाई गुणस्तरहिन पाए पछि यसको सिफारिस बिक्री वितरण र उपयोग नगर्न सूचना जारी गरेको छ ।डिडिएले वजार अनुगमनको क्रममा भरतपुर–१५, मंगलपुर चितवन स्थित उपदेश हर्बल उद्योग प्रालि द्वारा उत्पादित ‘ग्यास्ट्रिक निखार चूर्ण’ ब्याच नम्बर सी–०७९३६, १०० ग्राम, औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशाला मा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको हो ।औषधि व्यवस्था विभागले उक्त ब्याचको ‘ग्यास्ट्रिक निखार चूर्ण’ को बिक्री वितरण रोक्का गरी बजार वाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूको जानकारी को लागि सूचना समेत प्रकाशित गरेको छ । सँगै डिडिएले उक्त ब्याचको औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार