दार्चुला पहिरोमा परी घाइते २ जनाको उपचार सुरु, स्वास्थ्य अवस्था बुझ्न मन्त्री जोशी सेती अस्पतालमा

दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु

पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्न मन्त्री जोशी सेती अस्पताल पुगिन्

धनगढी: दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ । सोमबार साझ हेलिकप्टर मार्फत धनगढी ल्याईएका जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार हुन थालेको हो ।

उनीहरुको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याईएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् । यस्तै दार्चुलामा बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ ।

आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो । बाढीपहिरो गएको क्षेत्रमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घाईतेको उद्धार, विस्थापित परिवारलाई राहत र पुनः स्थापना गर्न सुरक्षाकर्मी परिचालित छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार