कैलालीको लम्कीचुहामा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते (विवरण सहित)

कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते

धनगढी : कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-३ स्थित गोराङ्गेमा बस र स्कारपियो एकापसमा ठोक्किएका हुन् ।

काठमाण्डौँबाट महेन्द्रनगर तर्फ आउँदै गरेको सुपप्र ००२-००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट पश्चिमबाट पूर्व जाँदै गरेको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्कारपियोमा सवार चालक सहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना सवार रहेका मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

घाइतेहरूलाई लम्की स्थित लालरत्न अस्पतालमा पठाई उपचार भइरहेको र अन्य सवार सकुशल रहेको प्रहरीले जनाएको छ । सडक पूर्ण रूपमा सुचारु भएको छ । घाइते सबैको अवस्था सामान्य रहेको कैलाली प्रहरीले जनाएको छ ।

  • स्कारपियोमा सवार घाईते व्यक्तिहरुको विवरण:-

१. चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डगौरा हात र खुट्टामा चोट अवस्था सामान्य ।
२. लक्ष्मी नारायण मन्दिर धनगढी बस्ने बाबा वर्ष ७८ को देव राज आचार्य मुख,हात र पिठ्युमा चोट अवस्था मध्ययम ।
३. ऐ.ऐ. बस्ने वर्ष २३ को मुकुन्द गौतम मुखमा चोट अवस्था सामान्य ।

  • बसमा सवार घाईते व्यक्तिहरुको विवरण:-

१. जिल्ला दार्चुला सिप्टी बस्ने वर्ष ३७ को कृष्ण धामी खुट्टामा चोट अवस्था सामान्य ।
२. जिल्ला दार्चुला माहाकाली न.पा. वडा न. ०६ बस्ने वर्ष २८ को जय बहादुर पाल छाती र नाकमा चोट अवस्था सामान्य ।
३. जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा न. ४ बस्ने वर्ष ३० को अर्जुन सुनार कम्मर घुडा र टाउँकोमा चोट अवस्था सामान्य ।
४. जिल्ला कञ्चनपुर दैजी बस्ने वर्ष ३१ को राम बहादुर धामी पाखुरा र घुँडामा चोट अवस्था सामान्य ।
५. जिल्ला हुम्ला नाकावली ६ बस्ने वर्ष ५४ को ग्याम्जु तामाङ नाक र प्युठ्युमा चोट अवस्था सामान्य ।
६. जिल्ला कैलाली गौरीगंगा न.पा. वडा न. ३ बस्ने वर्ष २७ को जिवन धानुक खुट्टामा चोट अवस्था सामान्य ।
७. ऐ.ऐ. वडा न. २ बस्ने वर्ष ३७ को शिव साउँद हातमा चोट अवस्था सामान्य ।
८. जिल्ला कञ्चपुर पुनरवास न.पा. वडा न. ०९ बस्ने वर्ष ३७ को भिम नेपाली ढाडमा चोट अवस्था सामान्य ।
९. जिल्ला अछाम मेल्लेख गा.पा. वडा न. ८ बस्ने वर्ष २२ को उत्तम सुनार खुट्टामा चोट अवस्था सामान्य ।
१०. जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा न.१ बस्ने वर्ष ६० को मान बहादुर सुनार बाँया करङमा चोट अवस्था मध्ययम ।
११. जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.वडा न. ०६ बस्ने वर्ष ४० को ऐन बहादुर ओली खुट्टामा चोट अवस्था सामान्य ।
१२. जिल्ला बैतडी मेलौली न.पा. वडा न. २ बस्ने वर्ष ५६ को देव दत्त भट्ट खुट्टामा चोट अवस्था सामान्य ।
१३. जिल्ला कञ्चनपुर पुनरवास न.पा. वडा न. ९ बस्ने वर्ष ५१ को महाविर कुँवर खुट्टामा चोट अवस्था सामान्य ।
१४. जिल्ला बैतडी पुर्चौडी न.पा.वडा न. १ बस्ने वर्ष ३० को लोकेन्द्र भण्डारी कानमा चोट अवस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने वर्ष २३ को नरेन्द्र भण्डारी ढाड र टाउकोमा चोट अवस्था सामान्य ।
१६. ऐ.ऐ. बस्ने वर्ष २८ को नरेन्द्र भण्डारी आंखामा चोट अवस्था सामान्य ।
१७. जिल्ला कैलाली चौमाला ३ बस्ने वर्ष २५ को नविन थापा हातमा चोट अवस्था सामान्य ।
१८. ऐ.ऐ. बस्ने वर्ष ३३ को तेज बहादुर धामी खुट्टामा चोट अवस्था सामान्य ।
१९. ऐ.ऐ. बस्ने वर्ष ३७ को धन बहादुर साउँद बाया कम्मरमा चोट अवस्था सामान्य ।
२०. जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा न. ४ बस्ने वर्ष २६ को धन बहादुर राना ढाडमा चोट अवस्था सामान्य ।
२१. जिल्ला बैतडी पाटन न.पा. वडा न. ५ बस्ने वर्ष ३२ को नरेन्द्र सिंह ठगुन्ना खुट्टाको औला भाच्चिएको अवस्था सामान्य ।
२२. जिल्ला दार्चुला ब्यासँ गाउँपालिका वडा न. ७ बस्नेवर्ष ५८ को उदय सिंह कुँवर निधार र खुट्टामा चोट अवस्था सामान्य ।
२३. जिल्ला डडेल्धुरा अमरगढी न.पा. वडा न. २ बस्ने वर्ष ३४ को खडक थाम घाटीमा चोट अवस्था सामान्य ।
२४. चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा न. १२ बस्ने वर्ष ३४ को गणेश राना हात र खुट्टामा चोट अवस्था सामान्य ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार