बैतडीको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा, जिल्लाभर घट्यो साढे ६ हजार

बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा, जिल्लाभर घट्यो साढे ६ हजार

बैतडी : बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ। तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या घटेको पाइएको हो।

विसं २०६८ सालको जनगणनाअनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ। १० वर्षमा यहाँ ६ हजार ४९८ जना घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौडी नगरपालिकामा रहेको छ। त्यहाँको जनसंख्या १९ हजार ९६५ रहेको छ। यस्तै दशरथचन्द नगरपालिकाको जनसंख्या १६ हजार ७३३, पाटनको जनसंख्या १४ हजार ९४५ र मेलौलीको जनसंख्या ११ हजार २६५ रहेको छ।

यस्तै दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसंख्या ९ हजार ७५८, सुर्नया गाउँपालिकाको जनसंख्या ९ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या ९ हजार ६५० रहेको छ। यो विवरण प्रारम्भिक रहेकाले र विस्तृत नतिजा पछि आउने भएकाले थोरै घटबढ हुन सक्ने जनाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार