यस बर्ष पनि फागुन १ देखि खप्तड र बडीमालिका हेलिकोप्टरबाट घुम्ने पाइने

खप्तड

कैलाली : यस बर्ष पनि हेलिकोप्टरबाट खप्तड घुम्ने पाइने भएको छ । आगामी फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको हो ।

स्वर्गको टुक्रा उपमा पाएको खप्तडसम्म सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकोप्टरमार्फत पुग्ने प्याकेज सुरु हुन लागेको हो ।

हिउँले सेताम्मे भएको खप्तडको सुन्दरता देखाउने गरी खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्राली डोटीले ‘हेली प्याकेज’ ल्याउन लागेको होमस्टेका सञ्चालक दीपक खड्काले जानकारी दिए ।

खप्तड पुग्न दिपायलबाट प्रतिव्यक्ति १२ हजार र बडीमालिका घुम्न दिपायलबाट ३० हजारको प्याकेज सञ्चालन गरिने उनले बताए । अत्यधिक हिमपात भएकाले खप्तडमा अझै पनि ४ फिटभन्दा बाक्लो हिउँ रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार