एमसिसी संसदमा टेबुल गर्ने लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

सत्तारूढ गठबन्धन
फाइल तस्बिर

काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ।  एमसिसी परियोजना संसदमा टेबुल गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। एमसिसी परियोजना अगाडी बढाउने विषयमा सत्ता साझेदार दलमा नै कुरा नमिलेपछि आज बैठक बस्न लागेको हो।  हिजो बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले एमसिसी टेबुल गर्ने भरपुर प्रयत्न गरेपनि सफल हुन सकेन।

माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसिसी संसदमा लान नमानेको हो। माओवादी केन्द्रको हिजो बसेको संसदीय दलको बैठकले एमसिसी जबरजस्ती संसदमा ल्याउन खोजे सरकार छोड्ने चेतावनी दिएको थियो।

सत्ता साझेदार दलहरूमै एकरुपता नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठ्यारोमा परेका छन्।  हिजो एकैछिन बसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ। भोलि जसरी भएपनि संसदमा एमसिसी टेबुल गर्ने सरकारको तयारी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार