एमसीसी संसद्मा टेबल गर्ने सत्ता गठबन्धनमा सहमति

सत्तारूढ गठबन्धन
फाइल तस्बिर

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) आज संसद्मा टेबल हुने भएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेको हो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । उक्त बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ ।

सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्थाको बैठकले एमसीसी टेबल गर्नेलगायत कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार