सुदूरपश्चिमका निमित्त निर्वाचन अधिकारी भट्ट उत्कृष्ट कर्मचारी पुरस्कार बाट पुरस्कृत

सुदूरपश्चिम प्रदेशका निमित्त निर्वाचन अधिकारी प्रेमराज भट्ट 'उत्कृष्ट कर्मचारी पुरस्कार' वाट पुरस्कृत

धनगढी : छैटौँ निर्वाचन दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका निमित्त निर्वाचन अधिकारी प्रेमराज भट्ट पुरस्कृत भएका छन् ।

कैलाली निर्वाचन कार्यालय प्रमुख सँगै प्रादेशिक कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका भट्टलाई निर्वाचन आयोगले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै निर्वाचन आयोगले भट्टलाई नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरेको छ।

भट्टले आफ्नो सिङ्गो टिमले गर्दा कार्य सम्पादनका क्रममा सफलता मिलेको र पुरस्कारले आफूलाई कार्य सम्पादनमा उच्च हौसला प्रदान गर्नुका साथै थप जिम्मेवार, जबाफदेही र उत्तरदायी बनाएको बताउँदै प्रमुख निर्वाचन आयुक्त लगायत सवैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार