अन्ततः प्रतिपक्षको नाराबाजीका बिच संसदबाट एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पारित

एमसीसी संसदबाट अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं : संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । यद्धपी प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले संसदमा आफ्ना मागहरु राख्दै नाराबाजी गरिरहेको थियो ।

आइतबार बसेको संसद्को बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे एमसीसीका ब्याख्यात्मक बुँदाहरु पारित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष पेश गरेका थिए ।

व्याख्यात्मक घोषणाकाे छलफलपश्चात सभामुख सापकाटोले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमाेदन भएकाे घोषणा गरे । ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।

संसद बैठक आगामी फागुन १८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार