कैलालीमा नेपाली काङ्ग्रेसको सभापतिका लागी दोस्रो चरणको निर्वाचन जारी

कैलालीमा नेपाली काङ्ग्रेसको सभापतिका लागी दोस्रो चरणको निर्वाचन जारी

धनगढी : नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि आज दोस्रो चरणको निर्वाचन भईरहेको छ। जिल्ला सभापतिको दौडमा रहेका प्रकाश बम, नारायणदत्त भट्ट र निर्वाचन समितिबीच भएको छलफलपटिछ आज दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

काङ्ग्रेस सभापति चयनका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न योग्य भएका बम र भट्ट दुवै जना संस्थापन पक्षका हुन । संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका रामबहादुर कलेल भने पहिलो चरणबाट बाहिरिएका छन् । अब कलेलले प्रकाश बमलाई समर्थन गर्ने घोषण गरेका छन् ।

बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै कलेल समुहले आफ्ना मतदातालाई अब सभापतिका उम्मेदवार बमलाइ मत दिन आग्रह गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत पु¥याउन सकेनन् । काङ्ग्रेसको विधान अनुसार सभापतिमा जित्नका लागि एक हजार २४३ अर्थात ५० प्रतिशतभन्दा बढी मत अनिवार्य रुपमा ल्याउनु पर्ने थियो । तर, तीनै जना उम्मेदवारको पक्षमा विधान अनुसार मत नपरेपछि सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार