दु:खद खबर, ट्रकको ठक्करबाट कैलालीमा युवकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको छ ।

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको छ । पुर्व पश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको हो ।

आज बिहान सात बजे लु-१-ख ८९३० नम्बरको ट्रकले सुप-०१००९-प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको बताइएको छ ।

ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनार प्रहरी नियन्त्रणमा लिएको छ । यता मृतकका आफ्न्त र स्थानीयले उचित क्षेतिपूर्ति र न्यायको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार