स्थानीय तह निर्वाचनकालागी आयोगले तोक्यो वडा सदस्य प्रमुखका लागि धरौटी रकम 

निर्वाचन आयोग

काठमाडौँ : स्थानीय तहको आसन्न निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले वडा सदस्य देखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ ।

जसमा स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रहेको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ ।

स्थानीय तह निर्वाचनकालागी आयोगले तोक्यो वडा सदस्य प्रमुखका लागि धरौटी रकम 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार