सुदूरपश्चिमका ८८ पालिकामा दश हजार बढी म्यादी प्रहरी परिचालन

स्थानीय तहको निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरीको माग, अर्थ मन्त्रालयसँग छलफल हुँदै
फाईल तस्बिर

धनगढी : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सुदूरपश्चिममा दश हजार बढीलाई म्यादी प्रहरीमा परिचालन गरिएको छ ।

सकारले हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । यहाँका नौ जिल्लाबाट गरी दश हजार एक सय ६१ जनालाई म्यादी प्रहरीमा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेशमा म्यादी प्रहरीका लागि २९ हजार ७१४ जनाले आवेदन दिएका थिए ।

यस्तै प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार सातै प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् ।

चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरूलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर चुस्ता, दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार