वातावरणीय प्रभाव मूल्यांकन गरियो, कैलालीमा २ अर्ब ६४ करोड लगानीमा केबलकार बन्दै

वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा

केबलकार
फाइल तस्बिर

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवल कार बनाउन लागेको हो ।

कम्पनीले सुदूरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रूपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भन्दै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाश धाम तीर्थस्थल, हात्तिढुंगा लगायत क्षेत्र यस आयोजनाको आसपास छन् ।

आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ । कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ । केबलकार परियोजना सञ्चालनमा आएपछि होटेलमा २५० र केबलकारमा ९० जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ ।

आयोजनाका अनुसार केबलकार र होटेलसमेत गरी कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ । केबलकारका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको छ । अन्य लगानी भने होटेल र थप संरचना निर्माणमा लाग्ने अनुमान छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार