सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राहीको विवरण सूचीकरण गर्न वडा नं. ४ भटनाको आग्रह

धनगढी : बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ४ को कार्यालय भटनाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राहीको विवरण सूचीकरण गर्न आग्रह गरेको छ । बिहीबार वडा कार्यालयले एक सूचना जारी गर्दै उक्त कार्य समयमै गर्न आग्रह गरेको हो ।

वडा नं. ४ का वडा सचिव डम्बर दत्त भट्ट द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ”उपरोक्त विषय सम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको मिति २०७९/०४/०१ च.नं. ९ को प्राप्त पत्रानुसार नेपाल सरकारको आ.ब. २०७९/०८० को बजेट वक्तव्यमा ६८ वर्ष उमेर पुरा भएका लाभग्राहीहरूलाई ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिने उल्लेख भएकाले मिति २०७९ मसान्त सम्म ६८ वर्ष उमेर पुरा भएका सामाजिक सुरक्षा भत्ता खान इच्छुक व्यक्तिहरूले यस वडा कार्यालयमा मिति २०७९/०५/०८ गते सम्म दरखास्त दिनु होला ।”

यस्तै, साबिक सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीले यस आ.व. का लागी नवीकरण गर्न मिति २०७९/५/२० गते सम्म यस वडा कार्यालयमा आवश्यक पर्ने कागजातहरू क्रमशः नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साइजको फोटा २ प्रति, ज्येष्ठ नागरिकको हकमा बाजे, आमा, बुवाको नाम थर खुल्ने कागजात, एकल तथा विधवा महिलाको हकमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि र तिन पुस्ते विवरण, अपाङ्गको हकमा अपाङ्ग परिचयपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि, वालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि र ६८ वर्ष उमेर पुगेका लाभग्राहीले आफ्नो सक्कल नागरिकता सहित प्रतिलिपि र पासपोर्ट साइजको २ प्रति फोटो सहित सम्बन्धित व्यक्ती उपस्थित भई दरखास्त दिनुहुन अनुरोध गरिन्छ । भनी उक्त सूचनामा उल्लेख गरिएको छ ।

यद्धपी तोकिएको समयमा नवीकरण नगराएमा लाभग्राहीको भत्ता कट्टी हुने समेत वडा सचिव भट्ट द्वारा जारी सूचना मार्फत सचेत गराइएको छ ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राहीको विवरण सूचीकरण गर्न आग्रह

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार