माइग्रेन के हाे ? यसको उपचारका लागि बन्यो औषधि,  ८० देशले थाले प्रयोग 

माइग्रेन के हो ? यसको उपचारका लागि बन्यो औषधि,  ८० देशले थाले प्रयोग 

काठमाडौं : सेप्टेम्बरमा बेलयातले एक त्यस्तो घोषणा गर्यो, जसबाट कयौं मानिसको जीवनमा ठूलो बदलाव आउन सक्छ । औषधि प्रयोगका लागि अनुमति दिने बेलायको संस्था नेशनल हेल्थ एन्ड केयर एक्सिलेन्सले केही महिना पहिले माइग्रेनको उपचारका लागि बनेको नयाँ औषधि प्रयोगका लागि अनुमति दिएको हो। 

माइग्रेन अर्थात् टाउकोको अति दुखाइ  त्यस्तो रोग हो, जसबाट एक अर्ब मानिस पिडित रहेको बताइन्छ। यो त्यस्तो समस्या हो, जसका कारण टाउको दुखाइ यति धेरै हुन्छ कि नियमित काम गर्न समेत मुश्किल हुन्छ। यसले सम्बन्धहरु समेत प्रभावति हुन्छन्।

बेलायतले माइग्रेन पीडितका लागि उक्त औषधीले राम्रो काम गर्ने जनाएको छ। प्रोफेसर पिटर गोड्सबी लन्डनको किङ्स कलेजमा न्युरोलोजीका प्रोफेसर हुन् । माइग्रेसनको नयाँ औषधि बनाउने शोधकार्यमा उनी सामेल थिए।  

उनी भन्छन्,  ‘माइग्रेनबाट जोगिनका लागि पहिलोपटक एक औषधि बनेको छ । जो निकै प्रभावकारी छ । यसले बिरामीको स्वास्थ्यमा प्रशस्त सुधार आउनेछ।’ 

औषधि काम कसरी गर्छ ?

उनको जवाफ छ,  ‘यो औषधि सीजीआरपी नामक रसायनको प्रभावलाई रोकिदिन्छ । यही रसायनका कारण टाउकोमा तीव्र दुखाइ हुन्छ । यो औषधि खासगरी माइग्रेनको उपचारका लागि बनाइएको हो । यो शरीरमा घुल्छ र टाउको दुख्न सुरु हुनुभन्दा पहिले नै रोकिदिन्छ।’

यसको प्रयोग माइग्रेन भएपछि वा हुन नदिने प्रयोग गर्न सकिने उनी बताउँछन्। रिमेजीपेन्ट नामक यो औषधिको अन्तर्राष्ट्रिय प्रयोगका लागि अनुमति प्राप्त भइसकेको बीबीसीले जनाएको छ। विश्वका ८० देशमा यसको प्रयोग हुन थालेको बताइएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार