५२ क्विन्टल अवैध चिनीसहित धनगढीमा २ जना पक्राउ

५२ क्विन्टल अवैध चिनीसहित धनगढीमा २ जना पक्राउ

धनगढी : ५२ क्विन्टल अवैध चिनीसहित धनगढीमा २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका  वडा नम्बर ८ का २१  वर्षीय बिशाल गुप्ता र २१ वर्षीय सुरेश मण्डल पक्राउ परेका हुन्। वडा नम्बर २ मा भाडामा लिई संचालन गरेको पसल खानतलासी गर्दा पसल संचालक बिशाल गुप्ता र मण्डलले भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको ५२ क्विन्टल चिनी तौल गर्दै गरेको अवस्थामा फेला पारी बोरा सिलाउने मेसिन तथा डिजिटल तराजुसमेत गरी अवैध ४ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका दुवै जनासहित सामान भन्सार ऐन बमोजिम कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार