एमसीसीका विषयमा दलहरू निर्णायक हुन्, म अम्पाएर मात्रै हो : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटा

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सभामुख अग्निप्रसाद सापकोटा नरम देखिएका छन् ।
एमसीसी परियोजना संसद्बाट अघि बढाउने विषयमा यसअघि असहमत रहँदै आइरहेका सभामुख सापकोटा सोमबार आफैंले डाकेको सर्वदलीय बैठकमा भने एमसीसीका विषयमा नरम रूपमा प्रस्तुत भएका हुन् ।

सभामुख सापकोटाले संसद्को गतिरोध अन्त्य गर्नेसहितका समसामयिक राजनीतिक विषयमा दलहरूसँग संवाद गर्न भन्दै सोमबार सर्वदलीय बैठक डाकेका थिए । सो क्रममा उनले आफू संसद्को अम्पाएर मात्रै भएको भन्दै एमसीसी अघि बढाउने नबढाउने दलहरूको विषय भएको धारणा दिएका हुन् ।

‘म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ, बैठकमा उहाँहरूले एमसीसी’ बारे आआफ्नो धारणा राख्नुभएको छ, म खुला छु, मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु, म सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्नुपर्छ,’ बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासामा सभामुख सापकोटाले भने ।

संसद्मा लामो समयदेखि जारी गतिरोधको अन्त्य आफूले चाहेको भन्दै सभामुख सापकोटाले संसद् सञ्चालन हुनुपर्छ भन्ने विषयमा बैठकमा आफ्नो विशेष जोड रहेकोसमेत जानकारी दिए ।

यसैगरी, बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् खुलाउन सरकार र सत्तारूढ दलहरूले गम्भीर रूपमा पहल गर्नुपर्ने विषयमा सहमति भएको सभामुख सापकोटाले जानकारी दिए । यो खबर राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार