पश्चिम सेती निर्माणको दबाब स्वरूप सुदूर बासीका १ लाख पत्र प्रधानमन्त्रीलाई देउवालाई

बोलन्या थलीले विगत तीन वर्षदेखि विभिन्न दबाब कार्यक्रमहरु गर्दै

पश्चिम सेती निर्माणको दबाब स्वरूप सुदूर बासीका १ लाख पत्र प्रधानमन्त्रीलाई देउवालाई

काठमाडौँ  : पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिन भन्दै सुदूरपश्चिमवासीले प्रधानमन्त्री शेरबहादुर देउवालाई १ लाख पत्र बुझाएका छन् । करिब ३३ महिना अवधि लगाएर सुदूरपश्चिमबाट संकलन गरिएका १ लाख हस्ताक्षरसहितका पत्र बिहीबार प्रधानमन्त्रीलाई बुझाइएको हो ।

करिब ३ दशकदेखि अनिश्चित रहेको आयोजना चाँडो बनाउनका लागि दबाब दिन १ लाख पत्र संकलन गरेर प्रधानमन्त्रीलाई बुझाइएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । पश्चिम सेती निर्माणका लागि भन्दै बोलन्या थलीले विगत तीन वर्षदेखि विभिन्न दबाब कार्यक्रमहरु गर्दै आएको छ । ‘आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ ?’ भन्ने नारासहितका व्यानर डोकोमा टाँसेर दबाब समूहले दुई दिन माइतीघर मण्डलामा प्रदर्शनसमेत थियो ।

राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजनामा विगत तीन दशकदेखि चर्चामा छ । तर, आयोजना निर्माणको प्रक्रिया अझै सुरु भइसकेको छैन । परियोजनामा बाह्य लगानी भित्र्याउने वा आन्तरिक लगानी खोज्ने भन्ने विषयमा सरकार अझै स्पष्ट भइसकेको छैन । बजेटमा यो विषय परेपछि पश्चिम सेतीमा लगानी र विकासको ढाँचा तयार पार्न भन्दै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

गत असारमा बसेको लगानी बोर्डको ४७ औं बैठकले पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । ६ महिना अध्ययन समय पाएको कार्यदलले हालसम्म आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छैन । पश्चिम सेती र सेती रिभर–६ (एसआर–६) संयुक्त जलविद्युत् परियोजना विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा उक्त उच्चस्तरीय कार्यदलले पाएको छ । -कान्तिपुरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार