निर्वाचन आयोगले तोक्यो स्थानीय तहको निर्वाचनको लागी उम्मेदवारी दर्ता गर्ने समय

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय

धनगढी : निर्वाचन आयोगले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । आयोगले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले यही वैशाख ११ र १२ गते  उम्मेदवारी दर्ता गर्ने समय तोकेको हो ।

निर्वाचन आयोगले १२ गते साँझ ५ बजे भित्र निर्वाचन आयोगको कार्यालय परिसर भित्र प्रवेश गरी नसक्ने उम्मेदवारको उम्मेदवारी दर्ता नहुने समेत स्पष्ट पारेको छ ।

कैलाली जिल्ला अदालतका मुख्य न्यायाधीश एवम् कैलालीका प्रमुख निर्वाचन अधिकृत  जयानन्द पनेरुले ३० गते हुने निर्वाचनमा उम्मेदवारी दिन चाहने उम्मेदवारले समयभित्र आफ्नो उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । पनेरुले समय भित्र निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित नहुने उम्मेदवारको उम्मेदवारी दर्ता गर्न नसकिने समेत स्पष्ट पारेका छन् ।

”निर्वाचन आयोगले ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । सोही अनुरूप १२ गते साँझ ५ बजे सम्म कार्यालय परिसर भित्र प्रवेश गरी सक्ने व्यक्तिहरूको मात्रै उम्मेदवारी दर्ता हुन्छ । अन्यथा त्यस पछि आउने लाई कार्यालय भित्र प्रवेश समेत गर्न दिइने छैन । यसमा कार्यालय परिसर भित्र समयमा आई सक्ने उम्मेदवारको उम्मेदवारी दर्ता गर्न प्रशासनिक समय जति लागे पनि हामी गर्छौँ । तर पाँच बजे भित्र भने उपस्थित भई सक्नुपर्‍यो ।” उनले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार