जिल्ला समन्वय समिति कैलालीको निर्वाचन जेठ ३० गते हुने

जिल्ला समन्वय समिति कैलालीको निर्वाचन जेठ ३० गते हुने

कैलाली : जिल्ला निर्वाचन कार्यालय कैलालीले जिल्ला समन्वय समितिको निर्वाचन यहि जेठ ३० गते हुने जनाएको छ । आज सर्बदलीय र सर्बपक्षिय बैठक बसेर जिल्ला समन्वय समिति कैलालीको निर्वाचन जेठ ३० गते गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकारी जयानन्द पनेरुले जानकारी दिए ।

२० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान हुँदा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।

यस्तै ३० गते जिसस कैलालीमा विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन् । जसमा एक जना स्वतन्त्र रुपमा विजयी भएका जनप्रतिनिधि छन् ।

एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका कांग्रेसका नेताले पनि पालिका अध्यक्ष छन् ।यी  दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार