आगोको ज्वाला किन सधैं माथि-आकाश तिरै फर्कन्छ ?

तर प्रकाश चारैतिर फैलिन्छ ?

आगोको ज्वाला किन सधैं माथि-आकाश तिरै फर्कन्छ ?

धनगढी : आगोको ज्वाला, हामी दैनिक आगो बाल्ने गर्छौं आगो बाटै खाना बनाउने देखि लिएर अनेक कार्य गर्दछौं । तर हामीले कहिले ख्याल गरेको छौं कि आगो बाल्दा किन आगोको ज्वाला सधैं माथि तिरै जान्छ ?

मतलब कुनैं एउटा दाउरा बालियो भने त्यो बल्दै गरेको दाउरा लाई घोप्टो पार्दा पनि आगो भने माथि तिरै फर्कने गर्दछ । यो हुनुको बैज्ञानिक कारण के हो भने आगो को कुनै दिशा हुदैन यसको दिशा ब्रमाण्ड मा भएको हावा संग निर्भर रहेको हुन्छ ।

मतलब ब्रमाण्ड मा भएको चिसो हावा सधैं मुनि आउने गर्दछ भने तातो हावा सधैं माथि उड्ने गर्दछ । जब हामि आगो बाल्छौं तब उक्त आगो को ताप ले त्यस आगो नजिक भएको हावाहरु तातिन्छन र तातो हावा माथि तिर उड्न सुरु हुन्छ र यो बेला हावाले आगो ज्वाला लाई पनि माथि तिरै तानेर लाने गर्दछ ।

प्रकाश एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पृथ्वी वा अन्य ग्रहहरूको गुरूत्वबलले कुनै असर पार्दैन । त्यसैले ज्वालाबाट निस्किएको प्रकाश तरङ्गको रूपमा जुनसुकै दिशामा पनि जान सक्छ ।

यसरी प्रसारण हुने हुँदा प्रकाश शून्य स्थान वा कुनै वस्तुगत माध्यम भए तापनि सजिलै प्रसारण हुन सक्दछन् । सूर्यबाट प्रकाशका किरणहरू ट्रान्सभर्स तरङ्गको रूपमा पृथ्वीसम्म आएका हुन् ।

त्यसैले पृथ्वीको गुरूत्वाकर्षण बल नभए पनि पृथ्वीसम्म सूर्यका किरण सजिलै आउन सक्दछन् । हामीलाई जानकारी भएकै कुरा हो कि पृथ्वीको केन्द्रतिर तान्ने गुरूत्वाबल नभएको खण्डमा पृथ्वी सानासाना कण भएर ब्रम्ह्माण्डमा छरिने थियो अर्थात् ठूलो पिण्डको रूपमा रहने थिएन ।

त्यसैले आगो बाल्दा दाउरा मुनि तिर फर्काए पनि आगोको ज्वाला भने सधैं माथि तिरै जाने गर्दछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार