धनगढीमा सोमवार राम मन्दिर उद्घाटनको अवसरमा शोभायात्रा निकालिने

राम मन्दिरकाे चन्दा संकलन ५५०० करोड पुग्याे

धनगढीः रामको जन्मभूमिमा निर्माण गरिएको नयाँ मन्दिरको गर्भगृहमा भगवान् रामको बाल स्वरूपको  श्रीविग्रहको प्राण–प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा आयोजना गरिने भएको छ। माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल, धनगढी नगर समितिको आयोजनामा उक्त दिन शोभायात्रा गरिने भएको हो।

भारतको अयोध्यामा हुने रामको श्रीविग्रहको प्राण–प्रतिष्ठा कार्यक्रमलाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर र मानवसेवा आश्रम लगायतका ठाँउबाट ठुलो पर्दामा देखाइने विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन्।

यसैगरी, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट भजन कृतनसहित संगीतमय शोभायात्रा निकालिने पन्तले बताए। उक्त शोभायात्रामा विभिन्न संघ–संस्था, मठ–मन्दिरहरु, हिन्दु धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ।

माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट धनगढीको लक्ष्मीनारायण चोकहुँदै पार्कमोडसम्म शोभायात्रा गरिने छ भने उक्त दिन साँझ सम्पूर्ण मन्दिरहरुमा दीप प्रज्वलन गरिने छ। उक्त दिन आ–आफ्नो घरमा पनि दियो बत्ती बालेर, भजन कृतन गरेर खुशीयाले मनाउन अध्यक्ष पन्तले आग्रह गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार