आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम सफा

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा (Monsoon trough) नेपालको तराई भु-भाग भन्दा केही तल रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  साथै  प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यस्तै आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको । शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार दिउँसो  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार