हिमशिखर सहकारी द्वारा असहायलाई खाद्य सामग्री सहयोग

हिमशिखर सहकारी द्वारा असहायलाई खाद्य सामग्री सहयोग

धनगढी : हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असहाय नागरिकहरूलाई खाद्यान्न र नगद सहयोग गरेको छ । संस्थाको १४ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार खाद्यान्न सहयोग गरेको हो ।

धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न हस्तान्तरण गरेको संस्थाले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले ८ हजार ६ सय बराबरको खाद्यान्न र ५ हजार एक सय ५५ रुपैयाँ नगद दिएको संस्थाको हसुलिया शाखाका प्रबन्धक युवराज जोशीले जानकारी दिए । खाद्य सामग्री र नगद संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले दृष्टि फाउन्डेसनकी सदस्य तुलसी भट्ट लाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन सिंह, सचिव विमलकुमार जोशी, कोषाध्यक्ष लक्ष्मीराज भट्ट, सदस्य विष्णुदेवी पुरी, प्रबन्धक महेन्द्र शाही लगायत कर्मचारीको उपस्थिति रहेको थियो । संस्थाले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष सामाजिक क्षेत्रमा कार्य गदै आएको छ ।

धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर सहकारीको कैलारी गाउँपालिका र गोदावरी नगरपालिका समेत शाखा रहेको छन् । यस्तै चाडै नै गौरीगङ्गा नगरपालिकामा पनि शाखा विस्तारको क्रममा रहेका प्रबन्धक महेन्द्र शाहले जानकारी दिए । संस्थाको पुस २५ गते आइतबार १३ वार्षिक साधारण सभा छ । साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थितिका लागि संस्थाका अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार