‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने विरुद्ध उजुरी दिन प्रेस काउन्सिल नेपालको अपिल

प्रेस विज्ञप्ती जारी

प्रेस काउन्सिल

काठमाडौँ : प्रेस काउन्सिल नेपालले विज्ञापनको लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने गुनासाहरु बढेकोले त्यसविरुद्ध उजुरी दिन अपिल गरेको छ।

प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् उपप्रशासकीय अधिकृत रामशरण बोहराले आज एक प्रेस विज्ञप्ती जारी गरेर तथ्यहीन सामग्री प्रकाशन/प्रसारण भएमा प्रमाणसहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन अनुरोध गरेका छन।

पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार आएको भनि गुनासाहरु आएको भन्दै काउन्सिलले उजुरी दिन अपिल गरेको हो।

विज्ञप्तीमा सञ्चार माध्यम एवम् सम्वद्धबाट हुने त्यस्ता क्रियाकलाप प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत भएको र पत्रकारिताको दुरुपयोग भएको उल्लेख छ। समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न/नगराउन तथा हुन नदिनेतर्फ सजगता अपनाउन काउन्सिलले सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ।

काउन्सिलले मिडिया तथा सम्बद्ध पक्षको नाममा हुने त्यस्ता क्रियाकलापबाट पीडित जो कोही सजग रहन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार