एक-दुई दिनमा निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गर्ने

जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदै

निर्वाचन आयोग

काठमाण्डौ : निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ ।

एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।

कार्यतालिका सार्वजनिक भएपछि त्यसैअनुसार चुनावका काम र गतिविधि अगाडि बढ्नेछन् । मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढेको छ ।

चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था र व्यवस्थापनको प्रक्रिया समेत सुरु भैसकेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सरकारले आउँदो बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि आयोगले काम तीव्र पारेको हो । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । निर्वाचन मिति घोषणा भएपछि आयोगले हिजोदेखि नै मतदाता नामावली सङ्कलनको काम भने स्थगित गरेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ । -उज्यालो

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार