सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको छैँटौ दिन भएको खेलमा बागमती युथ क्लब विजयी

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको छैँटौ दिन भएको खेलमा बागमती युथ क्लब विजयी

धनगढी : धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा छैँटौ दिन भएको खेलमा बागमती युथ क्लब विजयी भएको छ ।

धनगढी रंगशालामा मंगलबार ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कसैले गोल हान्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यो सगैँ क्वाटरफाइनल समिकरण पूरा भएको छ ।आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।

उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीले  एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार