महिला पत्रकारहरूको प्रदेश भेला सम्पन्न : पेसामा भोग्नुपरेका कठिनाइहरूबारे चर्चा

पत्रकार महिलालाई पेसामा टिक्नै गाह्रो भईरहेको निश्कर्ष निकालिएको छ ।  

डडेल्धुरा : पत्रकार महिलालाई पेसामा टिक्नै गाह्रो भईरहेको निश्कर्ष निकालिएको छ ।  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरूको प्रदेश भेलामा पत्रकार महिलाहरूले आफूहरूले भोग्नुपरेका कठिनाइहरूबारे चर्चा गरेका छन् ।

कार्यक्रममा सहभागी अधिकांश पत्रकार महिलाहरूले पेशागत र भौतिक असुरक्षा रहेको बताएका थिए ।उनीहरूले समाजबाट विभिन्न प्रकारका हिंसा खेप्नुपर्ने अवस्था रहेको सुनाएका थिए ।  महिला भएकै कारण पत्रकारिता क्षेत्रमा पनि विभिन्न प्रकारमा हिंसा खेप्नु परिरहेको पत्रकार उन्नती चौधरीले बताईन् ।

यस्तै अछामकी पत्रकार कल्पना बोहराले समयमा पारिश्रमिक नपाउने गरेको गुनासो गरिन् ।  उनले बिहानैदेखि राति अबेरसम्म रेडियोमा खट्नुपर्ने बाध्यता रहेको बताईन् । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सुदूरपश्चिममा कार्यरत पत्रकार महिलाका विशिष्ट समस्याबारे केन्द्रीय समितिमा छलफल गरेर समाधानको लागि पहल पर्ने आश्वासन दिए ।

भेलाको उद्घाटन सत्रमा सुदूरपश्चिमकी आन्तरिक तथा कानुनमन्त्री पूर्णा जोशीले प्रदेश सरकारद्वारा निर्माण हुने सञ्चारसम्बन्धी कानुनहरूमा पत्रकार महिलालाई विशेष प्राथमिकता दिने बताइन् । भेलामा ९ वटै जिल्लाका एक सयभन्दा बढी महिला पत्रकारहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार