कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु

डुबेर मृत्यु

धनगढी : कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । आइतबार जिल्लाको गौरीगंगा नगरपालिका(१ लठैयाका १३ वर्षीय गोपाल रानामगरको मृत्यु भएको प्रहरीले बताएको छ।

गौरीगंगा नदीमा नुहाउन जान्छुँ भनी हिँडेका उनी अबेरसम्म घर नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय चौमाला र मालाखेतीबाट खटिएको टोलीले खोजतलास गर्दा उनी एउटा तालमा डुबेर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार