‘निर्वाचनमा युवाहरुको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता धनगढीमा सम्पन्न

निर्वाचनमा युवाहरुको भुमिका विषयक वक्तृत्वकला धनगढीमा प्रतियोगिता सम्पन्न

धनगढी : निर्वाचन सचेतना अभियानको आयोजनामा र जागौ युबा संस्थाको सहकार्यमा बुधबार ‘निर्वाचनमा युवाहरुको भुमिका’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता रुबस होटलमा सम्पन्न भएको छ । मुख्य सहयोगी प्रदेश युवा परिषद, सहायक सहयोगी नवजिवन सहकारी संस्था र साईमा एजुेशन प्रा.ली को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सभपती अभियानका संयोजक सुरजक खड्का, प्रमुख अतिथी प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवर, बिशिष्ट अतिथि सु.प प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमराज भट्ट रहनु भएको थियो ।

निर्णायकको महत्वपुर्ण भुमिका कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक सिताराम भट्ट, ऐश्वर्य बहुमुखी क्याम्पसका उप-प्राध्यापक, नारायण अवस्थी सामाजिक बिकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनार र अन्य व्यक्तिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा करिब २५ जना सहभागीबाट उत्कृष्ट चार जनाले क्रमसः प्रथम पुरस्कार, बिशाल भट्ट रु. ५५००, दितिय प्रबिन चन्द रु ३५००, तृतीय बम बहादुर बि .क रु २००० र सान्त्वना हिमाल रोकाया रु १००० सहित सम्मान प्रमाण पत्र र सबै सहभागीहरुलाइ प्रमाण पत्रको ब्यवस्था गरिएको थियो । कार्यक्रम सन्चालन यज्ञ बोगटिले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार