सिराहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

आक्रमण

सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ।

उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जनाए ।

उनी सिराहा नगरपालिकाका निवर्तमान मेयर अशेश्वर यादव चढ्दै आएका बा. २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ ।

अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार