किसानका समस्याको साक्षी बन्दै उप-प्रमुखकी उम्मेद्वार राना

किसानका समस्याको साक्षी बन्दै उपप्रमुखकी उम्मेद्वार राना

धनगढी : धनगढीको मुख्य शहरदेखि केही टाढा रहेको धुर्जन्ना गाउँका नागरिक पछिल्लो ५ वर्षदेखी विकासको नयाँ पहल खोजिरहेका छन । अघिल्लो स्थानीय तहको निर्वाचनले धनगढीको नेतृत्वमा नेपाली काङ्ग्रेसलाई ल्याएसङ्गै यहाँका नागरिक अझैपनी विकासको पर्खाईमा कुरिरहेका छन ।

‘विकासको मुल फुटाउछौं भन्दै भोट माग्न आएको पनि ५ वर्ष बित्यो’, वडा नं १७ कि जानकी रामजाली मगरले भनिन, ‘न विकासको नयाँ स्वरुप देखियो न त हामी किसानका समस्या सुन्न नै कोहि आए ।’ दुरिलेपनी घर शहरबाट टाढा भएकोले शहर केन्द्रित योजना आफ्नो गाउँसम्म नपुगेको उनले गुनासो गरेकी छिन ।

मतदान गर्ने दिन नजिकिदै गर्दा नागरिकका समस्या सुन्न घरघरमै पुगेकी धनगढी उपमहानगरपालिकाकि नगरउपप्रमुख पदकि उम्मेदवार कन्दकला रानालाई दुखेसो पोख्दै धुर्जन्न गाउँका स्थानीयले आफुहरु नागरिकका आधारभुत आवस्यकताबाटै बन्चित हुनुपरेको बताएका छन । ५ वर्षसम्म दुख दिने कांग्रेसी सरकारलाई यसपाली भोट नदिने बताउदै धुर्जन्नावासीले अबको आशा र भरोसा एमाले नै रहेको अभिव्यक्ति दिए ।

धुर्जना गाउँमा अधिकांश नागरिक कृषि पेशामा आबद्द छन । कृषिको पकेट क्षेत्रका रुपमा स्थापित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै किसानका सवालमा बलियो बन्न आग्रह गर्दै उपप्रमुख पदकी उम्मेद्वार रानालाई जितको शुभकामना समेत दिएका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार