जग्गाको लालपूर्जा देखाएर पनि भोट हाल्न पाइने

परिचय खुल्ने कागजातबाट मतदान गर्न आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश हुनुपर्नेछ

निर्वाचन आयोग सुदूरपश्चिमद्वारा अत्तरियामा नमुना मतदान (भिडियो रिपोर्ट)

काठमाडौँ :  निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताले परिचय खुल्ने काजगातबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ।

कतिपयको मतदाता परिचयपत्र हराएको र कतिले लिन नभ्याएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनकाअनुसार स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि परिचय खुल्ने कागजातबाट मतदान गर्न आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश हुनुपर्नेछ।

‘अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जग्गाको लालपूर्जा देखाएर पनि भोट हाल्न पाइने

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार