डोटीमा सेतीमा बस खस्दा चारजना घाइते, बालक बेपत्ता

डोटीमा सेतीमा बस खस्दा चारजना घाइते, बालक बेपत्ता

धनगढी : धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।

शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ।

दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन्।

प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार